अर्थ व्यवसाय

काठमाडौं । सानिमा बैंक र सीजी डिजिटलबीच सहकार्य भएको छ । सानिमा बैंकका ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको हो ।
यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान)मार्फत सीजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार बराबरको क्यास ब्याकको व्यवस्था रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्