site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश सरकारकाे सयदिने कार्य विवरण सार्वजनिक

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । 

मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरिएको हो । मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन अध्यापनका लागि ५० सिटको स्वीकृति, नीति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख छन् ।

प्रदेशसभामा बसेको २९ बैठक, प्रदेशसभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ । 

सयदिने कार्यविवरण प्रस्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरूले महत्त्वपूर्ण काम गरेको उल्लेख गरे । कर्मचारी सरुवाको समस्यालाई व्यवस्थित गरेको पनि उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सयदिने कामको विवरणमा अधिकांश लक्ष्य तथा योजनाहरू मात्रै उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro