site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली आक्रमणमा ५० लेबनानीको मृत्यु, ३०० घाइते 

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाहको अखडामा आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । इजरायलको आक्रमणबाट ३०० जनाभन्दा बढी लेबनानी घाइते भएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले हिजबुल्लाह प्रभावित लेबनानको दक्षिण क्षेत्रमा व्यापक हवाई आक्रमण गरेको छ । जवाफमा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट प्रहार गरेको छ । 

इजरायलले हिजबुल्लाह प्रभावित दक्षिण लेबनानका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । इजरायलका अनुसार हालै हिजबुल्लाहले इजरायलमा १५० वटा रकेट प्रहार गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्