site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । 

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट गत असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा चार प्रतिशतले बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीले प्राप्त गर्नेछन् । 

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा कार्यालय, १६२ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro