site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह

जेरुसेलम । इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निसानाबाट ‘टाढा जान’ आग्रह गरेको छ ।

इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ।

Argakhachi Cement Island Ad

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका जनतालाई गरेको दुर्लभ अपिलमा भने, “हिजबुल्लाहले सैन्य प्रयोजनका लागि प्रयोग गर्ने भवन र क्षेत्रको छेउछाउमा रहेका लेबनानी गाउँका नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि तत्काल आफ्नो बाटोबाट बाहिर निस्कन आग्रह गर्दछौँं ।”

उनले भने, “इजरायली सेनाको रक्षा बल (आईडीएफ) लेबनानमा आश्रय लिँदै आएका आतंकवादीविरुद्ध व्यापक आक्रमण गर्नेछ ।”

हगारीका अनुसार सेनाले सोमबार बिहानदेखि हिजबुल्लाह क्षेत्रमा थप आक्रमण सुरु गरेको छ । उनले भने, “यो आक्रमण निकट भविष्यमा पनि जारी रहनेछ ।” रासस/एएफपी

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्