site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘केटी हराएको सूचना’को गीतमा खुसी र अनिश्चित जिन्दगी
SkywellSkywell

काठमाडौं । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ’ बोलको गीत निर्माणपक्षले म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ ।

गीतमा संजोगले अचानक भएको भेट र गन्तब्यबिनाको जिन्दगीको कथा समावेश छ । 

Dabur Nepal
NIC Asia

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् । दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देख्न सकिन्छ । 

चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रको संवादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ । गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ ।

निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।

उनी स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्रलगायतको पनि अभिनय छ ।

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माता छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro