site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्सनलविरुद्ध हारबाट जोगियो सिटी

काठमाडौं । इन्ज्युरी समयको अन्तिम मिनेटमा जोन स्टोनसले गोल गरेपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलविरुद्ध हार टारेको छ ।

आइतबार राति इत्तिहाद रंगशालामा घरेलु टिम सिटीले नवौँ मिनेटमा अग्रता बनाएको थियो । सिटीका एर्लिङ हाल्यान्डले गोल गर्दै अग्रता दिलाएका थिए  । तर, सिटीको यो अग्रता लामो समय टिक्न सकेन । २२औँ मिनेटमा रिकार्डो कालाफ्लोरीले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा ग्याब्रियल मागाल्हाइसले गोल गर्दै आर्सनललाई २–१ को अग्रतामा राखे । आर्सनलले यो अग्रता निर्धारित समयसम्म कायम राखे पनि इन्ज्युरी समयमा जोगाउन सकेन । इन्ज्युरी टाइममा सिटीबाट स्टोनसले गोल फर्काएपछि सिटीले हार टारेको हो । जारी लिगमा आर्सनलले दोस्रोपटक र सिटीले पहिलोपल्ट बराबरी खेलेका हुन् ।

बराबरीसँगै एक अंक खोस्न सफल सिटी तालिकाको शीर्ष स्थानमा यथावत् । सिटीले पाँच खेलबाट १३ अंक जोडेको छ । समान खेलबाट ११ अंकको आर्सनल चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro