site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता 

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता भएको हो ।  बिहान करिब ४ बजे भएको भेटवार्ता आधा घण्टासम्म चलेको थियो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी भएको बताएका छन् ।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल तथा दुवै देशका परराष्ट्र सचिव सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।  भेटमा सहभागी परराष्ट्रमन्त्री डा. राणाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन् । 

460091965_495135830150946_4404767616960791307_n-1727052154.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro