राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सरकारको निर्णयको प्रतिवाद गर्ने भएको छ ।
आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने जनाएको हो ।
बैठकपछि पार्टी उपसभापति डीपी अर्यालले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाए ।
"सरकारले मिडिया ट्रायल नगरोस् । सरकारले गलत गरिरहेको छ, यसको हामी प्रतिवाद गर्छौं । सकेसम्म सुसंस्कृतिक राजनीतिबाट प्रतिवाद गर्छौं," उनले भन ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ २१:११
प्रतिक्रिया दिनुहोस्