site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी खेलाडी निर्णायक बन्दा वाग्मतीविरुद्ध वालिङको सहज जित

काठमाडौं । विदेशी खेलाडी निर्णायक बन्दा राष्ट्रिय महिला लिग–२०२४ मा स्याङ्जाको वालिङ नगरपालिकाले सर्लाहीको वाग्मती युवा क्लबविरुद्ध ४–० को सहज जित निकालेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा वालिङलाई जित दिलाउन सिसे नान्टोन्गो र ज्याकलिन नासालीले समान दुई गोल गरे ।

वालिङले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको २२औँ मिनेटमा नान्टोन्गोको गोलमा वालिङले अग्रता बनाएको थियो । ४०औँ निमेटमा नान्टोन्गोले नै गोल गरेपछि वालिङले पहिलो हाफमा २–० को अग्रता बनाएको हो ।

५४औँ मिनेटमा ज्याकलिन नासालीले वालिङका निम्ति तेस्रो गोल गरिन् । यस्तै, ८३औँ मिनेटमा नासालीले व्यक्तिगत दोस्रो गोल गरेपछि वालिङले ४–० को सहज जित निकालेको हो ।

प्रतियोगितामा वालिङको यो चौथो जित हो । जितसँगै वालिङले ६ खेलबाट १२ अंक जोडेको छ । समान खेल खेलेको वाग्मतीले भने चार अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro