site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘छक्का पञ्जा–५’को प्रचारका लागि ‘रोस्टिङ ब्याटल’, टिकट ५०० देखि १५ सय ?
SkywellSkywell

काठमाडौं । काठमाडौंमा ‘रोस्टिङ ब्याटल’ हुने भएको छ । असोज २० गते कमलादीस्थित नाचघरमा ‘रोस्टिङ ब्याटल’ हुने भएको हो । यसलाई आयोजकले नेपालको अहिलेसम्मकै ठूलो ‘रोस्टिङ ब्याटल’ हुने बताएको छ । 

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा–५’को प्रचारका लागि यो ‘रोस्टिङ ब्याटल’ हुन लागेको हो । कमेडी च्याम्पियनको टिम र ‘छक्का पञ्जा–५’को टिमबीच ब्याटल हुन लागेको हो । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा पाँच सयदेखि १५ सयसम्मको टिकट राखिएको छ । करिब साढे सात सय दर्शकले सहभागिता जनाउने बताइएको छ । 

“पहिला हामीले छक्का पञ्जाको टिमलाई रोस्ट गर्नेर्छौं । त्यसपछि अन्तिममा चलचित्रको टिमले हाम्रो टिमलाई रोस्ट गर्नेछ,” रोस्टिङ ब्याटलका आयोजक तथा कमेडी च्याम्पियन शोका निर्देशक विशाल भण्डारीले बाह्रखरीसँग भने । 

चलचित्रको प्रचारको यो नयाँ तरिका भएको उनको भनाइ छ । नेपालमा लागि यो नयाँ भए पनि भारतमा भने यस्ता कार्यक्रम हुँदै आएका छन् । 

‘रोस्टिङ ब्याटल’मा ‘छक्का पञ्जा–५’का दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटीलगायत अधिकांश कलाकार हुनेछन् । ‘रोस्टिङ ब्याटल’मा कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, कैलाश कार्की, सन्तोष थापालगायत कमेडियन हुने निर्देशक भण्डारीले जानकारी दिए । 

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र असोज २४ गते रिलिज हुँदै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu