site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामीले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल हैन : प्रधानमन्त्री
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अशिष्टहरूले अराजकता मच्चाउन मौका पाए नेपाल पुस्तौँपछि पर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा ओलीले युवालाई सचेत गराउँदै समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउन आग्रह गरेका छन् ।
 
“तपाईंहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूवाट बचाउनु होला । तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला,” ओलीले भने, “समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं । सुशासन कायम त हामी गर्छौं । तर, देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँपुस्ता पछि पर्नेछौँ ।”

उनले समाजमा अराजकता र भाँडभैलो मच्चाउने प्रवृत्ति देखिएको टिप्पणी पनि गरेका छन् । ओलीले संविधान समयानुकूल संशोधन गरिने पनि बताए । राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट हुने ओलीको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro