site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्लुटुथ र नेभिगेसनसहितको डिजिटल कन्सोल रहेको नयाँ बजाज पल्सर एनएसन २०० नेपालमा

काठमाडौं । नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु भएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोल भएको एनएस२०० सार्वजनिक गरेको हो ।

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजन रहेको कम्पनीको भनाइ छ । ट्रिपल स्पार्क फोर भल्भ इन्जिन रहेको बाइकले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।

यसमा ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ छ । मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण–डिजिटल कन्सोल भएको र यसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा छ ।

अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबीएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्ने कम्पनीले जनाएको छ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे । नयाँ बजाज पल्सर एनएस २०० को मूल्य चार लाख ४४ हजार ९०० रुपैयाँ छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro