site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दयाराम पाण्डेका शब्दमा बाबुल सुप्रियोको स्वर 
SkywellSkywell

काठमाडौं । गीतकार दयाराम पाण्डेयका शब्दमा बलिउडका प्रसिद्ध गायकद्वय बाबुल सुप्रियो र संजिवनीले स्वर दिएका छन् ।

२५ वर्ष अगाडि 'नेपाली बाबू' चलचित्रका लागि 'यो साईनो मायाको छुट्दैन कहिले...' बोलको कालजयी गीत गाएका बलिउडका सुप्रसिद्ध गायक/गायिका बाबुल सुप्रियो र संजिवनीको स्वरमा अमेरिका कर्मथलो बनाए पनि नेपाली गीत-संगीतलाई असाध्यै माया गर्ने संगीतकार कृष रिजालको संगीतमा रहेका पाण्डेका शब्द 'यो भाकै तिम्रो मायाले हो...' बोलको गीत पंचम स्टूडियो मुम्बईमा रेकर्डिङ भएको छ ।  

Dabur Nepal
NIC Asia

चलचित्र 'दुईपल' को मनले मनको साथ पायो.., 'हङ्गामा' को सिन्का-सिन्का जोडेर.., 'दुलही'को एकादेशमा सुनेको थिएँ.., 'पर्खि बसें' को फूलमा बागमा.., 'मेरो जीवनसाथी' को सररर वेग मारी बेनीको बस आयो.. लगायतका गीतमा संजिवनीसँग सहकार्य गरेको पाण्डेले स्मरण गरे ।

बाबुलले शाहरुख खान, सलमान खान, आमिर खान लगायत बलिउडका सबैप्राय: स्टारहरुका लागि गीत गाइसकेका छन् । बाबुल वेष्ट बंगाल भारतका पूर्वमन्त्री पनि हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu