site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेलका उतारचढावपूर्ण १९ वर्ष, यस्तो छ दूरसञ्चार क्षेत्रमा योगदान 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालको दूरुसञ्चार क्षेत्रमा सेवा प्रदान गरिरहेको एकमात्र निजी दूरसञ्चार कम्पनी एनसेल मंगलबार १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ ।  सन् २००४ मा मेरो मोबाइलका नामले स्पाइस नेपाल अन्तर्गत स्थापना भएको कम्पनीको नेटवर्कमा सन् २००५ को सेप्टेम्बर १७ मा पहिलोपटक फोनको घण्टी बजेको थियो । 

यसरी सन् २०२४ को सेप्टेम्बर १७ मा एनसेल १९ वर्ष पूरागरी २०औं वर्षमा प्रवेश गरेको हो । दुई दशकसम्म आइपुग्दा एनसेलको सेवामात्रै देशको कुनाकाप्चामा पुगेन, कम्पनीको विषयमा अनेकौं टिकाटिप्प्णीहरु समेत देशभर छरिए । 

एनसेलले यो अवधिमा नेपालको दूरसञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै सरकारलाई ३ खर्ब रुपैयाँभन्दा बढी कर तिरेको जनाएको छ । हाल एनसेलको सय प्रतिशत स्वामित्व नेपाली मूलका उद्यमी सतीशलाल आचार्यको नाममा छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जसमा २० प्रतिशत सेयर नेपालमै दर्ता रहेको सुनिभेरा क्यापिटल भेञ्चरको नाममा छ ।  बाँकी ८० प्रतिशत सेयर तेस्रो मुलकमा रहेको रेनोल्ड्स होल्डिङ्सको नाममा छ ।  उक्त रेनोल्ड्स होल्डिङ्सलाई आजियाटा ग्रुप बहार्डबाट बेलायतमा रहेको सतीशलाल आचार्यकै स्पेक्ट्रलाइट युके लिमिटेड कम्पनीले खरिद गरेको थियो ।

एनसेलको इतिहास

Royal Enfield Island Ad

नेपालको पहिलो निजी क्षेत्रको जीएसएम सेलुलर मोबाइल सेवा प्रदायकका रुपमा सन् २००४ मा स्पाइस नेपालले कम्पनी दर्ता गरेको थियो ।  करिब एक वर्षपछि सन् २००५ को सेप्टेम्बर १७ देखि कम्पनीले सेवा सुरु गरेको थियो । 

सेवा सञ्चालन गर्दा नेपालमा ६ प्रतिशत जनसंख्याले मोबाइल फोन प्रयोग गरेको अवस्थामा रहेकोमा अहिले एनसेलले एक करोड ६० लाख ग्राहकलाई सेवा दिइरहेको बताएको छ ।  दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरञ्चार प्राधिकरणको तथ्यांकअनुसार हाल नेपालमा मोबाइल फोन एवं भ्वाइस टेलिफोन सेवा प्रयोगकर्ताको संख्या ११९ प्रतिशत पुगको छ ।

सन् २००८ को सेप्टेम्बर २७ मा युरोपियन कम्पनी टेलियासोनेराले एनसेलको सेयर खरिद गर्दै नेपाली बजारमा प्रवेश गरेको थियो ।  त्यसपछि सन् २०१० को मार्च १२ मेरो मोबाइल एनसेलका नामले ‘रिब्रान्ड’ गरिएको थियो । 
त्यसैवर्ष सन् २०१० कै अक्टोबर २९ मा एनसेलले सगरमाथा क्षेत्रमा थ्रीजी सेवा विस्तार गरेको थियो ।

नेपाली बजारमा एनसेलको लगानी र विस्तारले सन् २०११ को मे ३ मा नेपाल टेलिकमलाई उछिन्दै नेपालकै ठूलो टेलिकम कम्पनीको स्थान ओगटेको थियो ।  सन् २०१५ को नोभेम्बर १८ मा कम्पनीले सबैभन्दा ठूलो करदाताका रुपमा सम्मान पाएको थियो ।

त्यसपछि सन् २०१६ को अप्रिल १३ मा मलेसियन कम्पनी आजियाटा ग्रुपले एनसेलमार्फत नेपाल प्रवेश गरेको थियो । सोही वर्ष अगस्ट १८ मा कम्पनीले एनसेलको लोगो परिर्वतन गरेको थियो ।

मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्ड अन्तर्गतको आजियाटा युके लिमिटेडको स्वामित्वमा रहिरहँदा एनसेलले सन् २०१७ को मे ३१ म फोरजी सेवा सुरु गरेको थियो । सन् २०२१ को अगस्ट ३ मा पब्लिक लिमिटेड कम्पनी बन्दै एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो ।

सन् २०२२ को सेप्टेम्बर ५ मा कम्पनीले भ्वाइस ओभर दि एलटीई (भोल्टी) सेवा सुरु गरेको थियो ।  सोही वर्षको नोभेम्बरमा एनसेलले ई सिम उपलब्ध गराउन थालेको थियो । सन् २०२३ को मे ९ मा एनसेलले ९७० रेन्जका नम्बर उपलब्ध गराएको थियो । 

आजियाटा ग्रुपले सन् २०२३ कै डिसेम्बर १ मा स्पेक्ट्रलाइट युकेलाई एनसेलको सेयर बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो । 

हाल एनसेल स्पेक्ट्रलाइट युके लिमिटेडको स्वामित्वमा सञ्चालनमा रहेको छ ।

नेपालमा एनसेलको योगदान कति ?

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालको भ्वाइस टेलिफोन सेवामा एनसेलको हिस्सा करिब ३७ प्रतिशत छ ।  यस्तै नेपालमा मोबाइल डाटाका क्षेत्रमा एनसेलको हिस्सा करिब २७ प्रतिशत छ । एनसेलले जीएसएम, ईडीजीई, थ्रीजी–एचएसपीएप्लस र डीसी–एभएसडीपीए प्रविधि प्रयोग गरी सेवा दिइरहेको बताएको छ । 

सन् २०१० मा सुरु गरेको थ्रीजी र सन् २०१७ देखि फोरजी मार्फत नेपाली उपभोक्तालाई उच्च गतिको मोबाइड डाटा सेवा प्रदान गरिरहेको बताएको छ । नेपालको ई–कमर्स, टेलिमेडिसिन, मोबाइल बैंकिंङदेखि आईटी क्षेत्रमा विगत दुई दशकदेखि योगदान गर्दै आएको एनसेलको भनाइ छ । 

कम्पनीका अनुसार देशभर करिब ९० प्रतिशत फोरजी कभरेज उपलब्ध गराएको अवस्थामा पनि दशमध्ये दुई जनाले मात्रै नियमितरुपमा डाटा चलाउने गरेको र यो दर दक्षिण एसियाकै कम हो ।

देशका ठूला करदातामध्येमा कम्पनीले विकासका क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको र राष्ट्रहितमा समेत हुनेगरी व्यवसायलाई दिगो बनाउन चाहेको बताएको छ ।  गएको आर्थिक वर्षसम्ममा ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा शुल्क नेपाल सरकारलाई बुझाइसकेको एनसेलले जनाएको छ । 

कम्पनीले हाल करिब २५ हजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराइरहेको बताएको छ । एनसेलले सन् २०१६ मा आजियाटा नेपाल भित्रिँदाको कर विवादमा ४७ अर्ब रुपैयाँभन्दा बढी दायित्व भुक्तान गरेको थियो ।

सामाजिक क्षेत्रमा २ अर्ब 

एनसेलले आफ्नो सामाजिक उत्तरदात्यिव अन्तर्गत स्वास्थ्य, शिक्षा तथा वातावरणलगायतको क्षेत्रका विभिन्न दिगो परियोजनामा २ अर्ब रुपैयाँभन्दाबढी रकम योगदान गरेको बताएको छ । 

कम्पनीका अनुसार त्यस्ता योजनामध्ये काठमाडौं उपत्यकाको रिङरोडको ग्रिन बेल्ट, टेलिमेडिसिन तथा व्यक्ति विशेष स्वास्थ्य कार्यक्रम, ६० सरकारी स्कुलमा स्थापना गरेको हाइ–टेक डिजिटल ल्याब केही उदाहरण हुन् ।
कोभिड–१९ को महामारीका बेला उपभोक्ता तथा सरकारलाई गरकोे मद्दतले विश्व सञ्चार अवार्ड २०२१ प्राप्त गरेको बताएको छ । 

सन् २०१४ को बाढी तथा पहिरो, सन् २०१५ को भूकम्प र सन् २०२३ मा जाजरकोटमा गएको भूकम्पका बेला पनि कम्पनीले विभिन्न किसिमले योगदान गरेको थियो ।

के छ वर्तमान अवस्था र चुनौती

नेपालको दूरुसञ्चार बजारमा जीएसएम सेलुलर मोबाइल सेवा प्रदान गर्ने दुई कम्पनी छन् । 

दुईमध्ये एनसेल एउटा निजी कम्पनी हो । विश्वभर इन्टरनेटको प्रयोग बढेर प्रयोगकर्ताले फोन तथा म्यासेजका लागि इन्टरनेटका माध्यम प्रयोग गर्न थालेपछि टेलिकम कम्पनीको राजस्वमा ठूलो गिरावट आएको छ ।

डाटाको माग बढे पनि इन्टरनेट सेवा प्रदायकसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने अवस्था हुँदा डाटा सस्तो बनाउनु पर्ने अवस्था भएको र सरकारले यो स्थितिलाई नियमन एवं व्यवस्थापन गर्न कुनै पहल नचालेको टेलिकम कम्पनीको गुनासो छ । 

बंगलादेश एवम् श्रीलंकामा पछिल्लो पाँच वर्षमा करब ४० प्रतिशतले टेलिकम कम्पनीको राजस्व बढ्दा नेपालमा २५ प्रतितशले घटेको एनसेलले जनाएको छ । नेपालको जीडीपीमा टेलिकम क्षेत्रको योगदान पाँच प्रतिशतबाट घटेर दुईमा झरेको र टेलिकम क्षेत्रको बजार एक खर्बबाट ७५ अर्बमा झरेको कम्पनीहरुको तथ्यांक छ ।

करपछिको नाफाको झन्डै तीन गुणा बढी पुँजीगत खर्च हुने गरेको र नाफाको दुई/तीन गुणा नेटवर्क टिकाइ राख्नमात्रै खर्च गर्नुपर्ने अवस्थ रहेको कम्पनीको गुनासो छ । उदाहरणका लागि फाईभजी प्रविधि विस्तार गर्न झन्डै ६० अर्ब लगानी लाग्ने र त्यो अहिलेको नाफाको १२ गुणा हुने भन्दै आउँदो तीन वर्षसम्म फाईभजी विस्तार गर्न चुनौती रहेको एनसेलको आकलन छ ।

सरकारले आउँदो दशकमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने र १५ लाख जनशक्ति भनेको विषय आईसीटी क्षेत्रको महत्वपूर्ण प्लेयर टेलिकम कम्पनीलाई मद्दत नगरी र यसको विकास नगरी सम्भव नहुने चुनौती रहेको एनसेलको भनाइ छ । 

सानो बजार, तुलनात्मक रुपमा स्पेक्ट्रम अक्सनको महँगो शुल्कले दूरसञ्चार सेवा महँगो बनाएको गुनासो छ । सन् २०५३ को दूरसञ्चार ऐन समयानुकुल नभएको र आम्दानीको ५० प्रतिशतभन्दा बढी कर तथा शुल्कका रुपमा तिर्नुपर्ने विषय चुनौतीपूर्ण रहेको कम्पनीहरुको भनाइ छ । 

आजियाटाले भविष्यमा समस्या आउनसक्ने भन्दै बाहिरिएको भन्ने टिप्पणी, यूटीएल, स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम र सीजी टेलिकम बजारमा स्थापित हुन नसक्नु, नियामक निकायको कमजोरीका कारण दूरसञ्चार क्षेत्रको करिब १३ अर्ब राजस्व गुमेको विषयले यो क्षेत्र संकटकै अवस्थामा रहेको संकेत गरेको छ ।

अबको पाँच वर्षमा टेलिकम कम्पनीको आम्दानी १६ अर्बले घट्ने र सरकारले पाउने राजस्व ४ अर्बभन्दा बढीले घट्ने कम्पनीको प्रक्षेपण छ । 

वार्षिक ११ अर्ब दायित्व सरकारलाई भुक्तान गर्नुपर्दा टेलिकम पूर्वाधारमा पर्याप्त लगानी हुन नसक्ने र यसले पूर्वाधार बिगिई नेटवर्कको परफर्मेन्स, गुणस्तरदेखि सेवा नै संकटमा पर्ने स्थिति आउनसक्ने कम्पनीको चिन्ता छ ।

एनसेल विवादको श्रृंखला

एनसेलको सेयर खरिदबिक्री निरन्तर चरिहेको भएपनि वि.स. २०७३ को वैशाख १ गते आजियाटा नेपाल भित्रिँदा भएको ठूलो ‘डिल’पछि एनसेलको विषयमा विवाद चर्किन थालेको थियो । एनसेलको ८० प्रतिशत सेयर रेनोल्ड्स होल्डिङ्सका नाममा थियो । टेलियाबाट आजियाटाले रेनोल्ड्स होल्डिङ्स नै खरिद गरेको थियो । सेन्ट किट्स एन्ड नेभिस टापुमा रहेको रेनोल्ड्स होल्डिङ्सलाई नै अहिले स्पेक्ट्रलाइ युकले किनेको हो ।

तेस्रो मुलकमा रहेको होल्डिङ कम्पनीमार्फत आजियाटाले करिब एक खर्ब ४३ अर्ब रुपैयाँमा एनसेल खरिद गरेको थियो । नेपालमा विदेशी कम्पनीमार्फत भएको यो सम्भवतः पहिलो ठूलो कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकरको विवाद त्यतिबेलादेखि नै सुरु भयो ।

आजियाटाले तिर्नुपर्ने पुँजीगत लाभकको विवाद सार्वाेच्च अदालत पुगेको थियो ।  सर्वाेच्चले कानुन अनुसारको पुँजीगत लाभकर तिर्नुपर्ने फैसला सुनाएपछि २०७६ को चैत २९ मा एनसेलले उक्त कर भुक्तान गरेको थियो ।

एनसेलले तिर्नुपर्ने कर र जरिबाना लगायत विषयको विवादलाई लिएर आजियटा अन्तर्राष्ट्रिय मध्यस्थताकर्ता निकाय इन्टरनेसनल सेन्टर फर सेटलमन्ट अफ इन्भेस्टमेन्ट डिस्प्यूट (इक्सिड) समक्ष गएको थियो । 

करिब चार वर्षपछि सन् २०२३ को जुन ९ मा इक्सिडले नेपाल सरकारकै पक्षमा फैसला सुनाएको थियो ।

एनसेलको सेयर खरिदबिक्री सानो मात्रामा त्यसअघि पनि भइरहेको थियो । ती खरिद बिक्रीका विवाद धेरै चर्चामा आएनन् । तर ८० प्रतिशत र झन्डै डेढ खर्बको कारोबारको कर विवादयता एनसेललाई हेर्ने दृष्टिकोण बदलियो । 
यद्यपि, अदालतको फैसलापछि र त्यसअघि गरी कम्पनीले कानुन अनुसारको ४७ अर्ब कर तथा जरिबाना भुक्तान गरिसकेको बताएको छ ।

यसैबीच गत वर्ष सन् २०२३ को डिसेम्बर १ अर्थात् २०८० को मंसिर १५ मा आजियाटाले आफ्नो सबै सेयर बिक्रीको घोषणा गर्याे ।  करिब ६ अर्ब ६६ करोड रुपैयाँ पहिलो पटक दिनुपर्ने गरे कम्पनी बिक्री गरेपछि कर छलीकै लागि सस्तोमा बिक्री भएको भन्ने टिकाटिप्पणीसहित यो विषय पनि विवादित बन्यो ।

आजियाटाले सुरुमा ५ करोड ५० लाख अमेरिकी डलरमा कम्पनी बिक्री गरे पनि सन् २०२९ सम्म ८० प्रतिशत, ४० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत लाभांश पाउने गरी खरिदबिक्री सम्झौता गरेको छ ।

आजियाटाले कम्पनी बिक्री गरेको विषयमा सरकारी छानबिन समितिले छानबिन गरेको थियो ।  छानबिन समितिले यो खरिदबिक्री स्वीकार नगर्न सरकारलाई सुझाव दिएको छ ।  यस्तै खरिदबिक्री अपारदर्शी भएको र दूरसञ्चार ऐन, २०५३ अनुसार २५ वर्षपछि सरकारी स्वामित्वमा ल्याउनुपर्ने अध्ययन समितिको प्रतिवेदनको निश्कर्ष छ ।

आजियाटाले रेनोल्ड्स होल्डिङ स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्रीको जानकारी उद्योग विभागलाई गराइसकेको छ ।  कम्पनी रजिष्ट्रारको कार्यालयमा ८० प्रतिशत रेनोल्ड्स र २० प्रतिशत सुनिभेराकै नाममा छ । प्राधिकरणले सेयर खरिद बिक्री स्वीकार गरेको छैन ।

एनसेलको लाइसेन्स अवधि नाघ्नुअघि अन्तिम पाँच वर्षका लागि २० अर्ब शुल्क बुझाएर नवीकरण गर्नुपर्ने विषयमा सरकारले १० प्रतिशत ब्याजसहितको चार किस्ता सुविधा उपलब्ध गराएको छ । 

सोही अनुसार लाइसेन्स नवीकरण भएको छ र प्राधिकरणले नवीकरण गर्दा पाँच वर्षपछि सरकारी स्वामित्वमा आउने शर्त राखेको छ । २०औँ प्रवेशमा पुगेको एनसेलले स्पेक्ट्रलाइट युके लिमिटेड अन्तर्गत रहेर नेपालमा इन्नोभेसन, इन्भेस्टमेन्टसहित नागरिकलाई उत्कृष्ट सेवा जारी राख्ने बताएको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro