site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपालको पहिलो विमान अपहरणको घटनामा चलचित्र बन्दै, नाम– ‘विमान–९एनएबीबी’
SkywellSkywell

काठमाडौं । चलचित्र ‘विमान–९एनएबीबी’ निर्माण हुने भएको छ । सत्य घटनाको नजिक रहेर चलचित्र निर्माण हुन लागेको हो । 

वि.सं. २०३० मा भएको नेपालको विमान अपहरण (विराटनगर विमान अपहरण)का विषयमा चलचित्र बन्ने भएको हो । यो नेपालको इतिहासको पहिलो विमान अपहरण हो । 

Dabur Nepal
NIC Asia

उक्त विमान अपहरणको मुख्य नाइके नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला थिए । जो पछि नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री समेत भए । 

उक्त विमान अपहरणको योजना नेपाल राष्ट्र बैंकको विराटनगरबाट काठमाडौंमा ल्याएको पैसा लुट्नु थियो । विमान अपहरणको उद्देश्य नेपालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि सशस्त्र क्रान्ति गर्न पैसा संकलन गर्नु थियो । यो क्रान्ति तत्कालीन राजा महेन्द्रले सुरु गरेको निर्दलीय पञ्चायती शासन व्यवस्थाविरुद्ध थियो ।

चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, अरुण क्षेत्री, चक्र दवाडी, कुशल पाण्डे, शुन्दर धिताल, सुशील सिटौला, लोकेन्द्र लेखक, निकुन श्रेष्ठलगायतको अभिनय रहनेछ । 

चलचित्रको कथा खगेन्द्र लामिछाने र यज्ञस पण्डितले संयुक्त रूपमा लेखेका छन् । 

‘विमान–९–एनएबीबी’लाई लोकेश बज्राचार्यले निर्देशन गर्नेछन् । चलचित्रको निर्मातामा खगेन्द्र लामिछाने र शुलभ बुढाथोकी छन् । सह–निर्मातामा सन्तोष गिरी र सागर खरेल रहेको स्रोतले बताएको छ ।  

सोमबार (भोलि) काठमाडौंको शोभाभवगतीमा शुभमुहूर्त हुने चलचित्र अशोज १० देखि मंसिर १९ गतेसम्म छायांकन हुनेछ । छायांकन विराटनगर र काठमाडौंमा हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu