site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरूको मृत्यु भएको हो । 

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए । 

घटनाबारे प्रहरीले आज बिहानमात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा ३०० मिटर तल र पुरुषको शव २० मिटर तल मोटरसाइकलले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro