site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगीबाट झापामा दुईजनाको मृत्यु, कोसीमा एक हजार ६५ जना संक्रमित 

झापा । कोसी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजंग बस्नेत छन् । झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ ।

Dabur Nepal

कोसी प्रदेशमा यसअवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या ५३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेंगीको एकजना पनि संक्रमित पाइएको छैन ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगी संक्रमण भएको पाइएको छ ।

गत वैशाखदेखि नै कोसी प्रदेशका अधिकांश जिल्लामा डेंगीको संक्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेंगी संक्रमण भइसकेको थियो ।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको संक्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगीको संक्रमण भेटिएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro