काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्ट एन्ड होटेलमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई रिसोर्टका सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार, बैंकका ग्राहकले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाइ सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।