कला
काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियर शोमा सहभागी हुन उनी काठमाडौं आइपुगेको निर्माण पक्षले जनाएको छ ।
आइतबार (भोलि) काठमाडौंमा ‘साम्बाला’को प्रिमियर शो गरिँदै छ । त्यसमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप पनि आउने तय छ ।
मिनबहादुर भाम निर्देशित चलचित्र हेर्न उनीहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको निर्माण पक्षले जनाएको छ ।
‘साम्बाला’ भदौ २८ देखि रिलिज हुनेछ । चलचित्रमा थिन्ले ल्हामो, कर्मालगायत मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ १५:५८
प्रतिक्रिया दिनुहोस्