site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसरी स्वीकार गरे ‘साम्बाला’को प्रिमियरमा आउन अनुराग र नवाजुद्दिनले ? 

काठमाडौं । चलचित्र ‘साम्बाला’ हेर्न बलिउड निर्देशक अनुराग कश्यप र कलाकार नवाजुद्दिन सिद्दिकी नेपाल आउने भएका छन् । ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनीहरू नेपाल आउन लागेका हुन् । 

“उहाँहरू मेरा साथी पनि हो । दुवैले चलचित्र हेर्न खोज्नु भएको थियो । तर विभिन्न कारणले मिलेन,” निर्देशक मिन भाम बाह्रखरीसँग भन्छन्, “अनुरागले हेर्न पाउनु भएको छैन । नवाजुद्दिनले बर्लिनमा हेर्न खोज्दा टिकट सोल्डआउट भएकाले हेर्न पाउनु भएन । सानो पर्दामा केही क्लिप्स हेरे पनि उहाँलाई ठूलो पर्दामा हेर्ने रहर थियो । त्यसैले म आफैँले उहाँहरूलाई बोलाएको हुँ ।” 

नवाजुद्दिनसँग सँगै काम गर्ने कुरा पनि पहिलादेखि नै भइरहेकाले प्रिमियरमा पनि सहभागी हुने र कामको योजना पनि बनाउने उद्देश्यले बोलाएको मिनले जानकारी दिए । 

‘साम्बाला’ भदौ २३ गते काठमाडौंमा प्रिमियर हुने भएको छ । मिनबहादुर भाम निर्देशित चलचित्र हेर्न उनीहरू भदौ २२ गते काठमाडौंमा आइपुग्ने छन् । उनीहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको निर्माणपक्षले बताएको छ । 

‘साम्बाला’ भदौ २८ देखि रिलिज हुनेछ । चलचित्रको मुख्य भूमिकामा थिन्ले ल्हामो, कर्मालगायत मुख्य भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro