site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन प्रक्रिया सहज बनाउन साझा प्रयत्न आवश्यक : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयत्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको १२ औँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न चुनौतीबीच देश–विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयत्न आवश्यक रहेको बताए । 

प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बित गर्ने बताए । मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको ओलीले बताए । 

प्रधानमन्त्री ओलीले विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्नसके आमजननाको मताधिकारको सम्मान हुने बताए । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro