site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विक्षिप्त पासी परिवार, शोकमा गेगली गाउँ

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका–३, गेगली गाउँका ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी परिन् । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको मृत्यु भयो ।

श्यामलाल पासीको परिवारका सदस्यमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । 

त्यस्तै लक्षण देखिएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा मृत्यु भयो । यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासी बितिन् । पाँच दिनको अवधिमा बुहारी उषा, भाउजू शान्ति र नातिनी नन्दनीको मृत्यु भएपछि श्यामलाल यतिखेर विक्षिप्त छन् । 

उनी घरबाहिरै टोलाएर बस्छन् । “सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्‍यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ,” उनी पीडा पोख्छन् । स्वास्थ्य संस्थामा लैजान नपाउँदै घरमै तीनजनाको मृत्यु भएको उनले सुनाए । 

गेगली गाउँकै १० वर्षीय युसुफ शेखको पनि भदौ १२ गते मृत्यु भएपछि गाउँवासी यतिखेर शोक र भयमा छन् । गाउँका अन्य नागरिकमा संक्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानदेखि गाउँमा स्वास्थ्य शिविर चलाएको थियो  । 

तर, अन्य परिवारमा ज्वरो आउने लक्षण देखिएको वडा नम्बर ३ का वडाध्यक्ष अजयकुमार मिश्राले जानकारी दिए । मंगलबार पनि गेगली–३ कै २५ वर्षीया एक महिलामा उच्च ज्वरो देखिएपछि तत्काल लक्ष्मनपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको वडाध्यक्ष मिश्राले बताए । उनीसहित हाल तीनजना अस्पतालमा भर्ना भएर उपचाररत छन् । 

सामान्य अवस्थामा रहेका स्थानीयलाई शिविरबाट जीवनजल र पानी शुद्धीकरणका लागि पियुस उपलब्ध गराइएको छ ।नरैनापुर गाउँपालिकाले स्थानीय मन्दिर प्रांगणमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सोमबार ३६५ जना स्थानीयको स्वास्थ्य जाँच गरिएको थियो । 

सोमबार साँझसम्म गाउँका तीनजनामा मात्रै झाडापखाला देखिएको र अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए । भारतीय सीमासँग जोडिएको गेगली गाउँमा भदौ १२ गतेदेखि झाडापखाला फैलिएको थियो । 

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहका अनुसार मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशंका गरिएको छ । 

गेगलीका युसुफमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ । मृत्यु भएका र हाल बिरामी रहेका स्थानीयको पनि झाडापखाला वा ज्वरोको मुख्य कारण भने पहिचान हुन सकेको छैन । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro