site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्भेष्टमेण्ट मेगा बैंकको एपबाट पाँच लाख लोन लिन सकिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपमार्फत कर्जा सुविधा सुरु गरेको छ । बैंकको एनआईएमबी स्मार्ट एपमा एनआईएमबी स्मार्ट लोनको सुविधा सुरु गरिएको हो ।

उक्त सुविधाअन्तर्गत ग्राहकले बिनाधितो पाँच लाख रुपैयाँसम्म कर्जा पाउन सक्नेछन् । ग्राहकले एपमार्फत बिनाकुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले उक्त कर्जाको सहज भुक्तानीका निम्ति विभिन्न समयावधिमा आफ्नो कर्जा तिर्ने विकल्प समेत प्रदान गरेको छ ।

यसमा ग्राहकले एक महिनाभित्र वा बढीमा ३६ महिनासम्मकोे सरल किस्ताबन्दीका आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै, आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकका निम्ति पूर्वभुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

ग्राहकले एनआईएमबी स्मार्ट एपमार्फत इमेल प्रमाणीकरण गरी स्मार्टलोन रजिष्टर गर्न सक्नेछन् ।

ग्राहकलाई उनीहरूको आवश्यकता पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्ममार्फत बैंकिङ क्षेत्रकै उच्चतम कर्जा रकमका साथ नयाँ स्वरूपमा एनआईएमबी स्मार्ट लोन अपग्रेड गरिएको बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro