site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनले माग्यो सहयोगी राष्ट्रसँग लामो दूरीका हतियार
फाइल तस्बिर ।

किभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्रेनलाई तत्काल दिनुपर्नेमा जोड दिएका छन् ।

जेलेन्स्कीले भनेका छन्, “अहिले युक्रेनी प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्रीलगायत युक्रेनी प्रतिनिधिमण्डल वासिङटनमा सहयोग जुटाउनका निम्ति काम गरिरहेको छ ।”

Dabur Nepal
NIC Asia

युक्रेनको उच्च प्राथमिकता रुसको आक्रमण रोक्न आफ्नो रक्षा बललाई लामो दूरीको क्षमताले सुसज्जित गर्नु रहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

उनले भनेका छन्, “विभिन्न स्तरमा बैठकहरू भएका छन् र हाम्रो शीर्ष प्राथमिकतामध्ये एक हाम्रो रक्षा बलहरूका निम्ति दीर्घकालीन क्षमताहरू सुरक्षित गर्नु हो । खार्किभ र युक्रेनका अरू सहरहरूले सहन बाध्य भएको आतंकलाई रोक्न यो महत्त्वपूर्ण छ ।”

जेलेन्स्कीले सहरहरू र ऊर्जा पूर्वाधारको सुरक्षामा मद्दत गर्न युक्रेनले आफ्ना सहयोगीसँग हवाई प्रतिरक्षाका बारेमा छलफल गरिरहेको पनि बताएका छन् । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro