site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युनाइटेडबाट उपाधि जित्नेमा विश्वस्त टेन हाग

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले क्लबबाट उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । टेन हागले पछिल्लो दुई वर्षमा प्रिमियर लिगको क्लबमध्ये म्यानचेस्टर सिटीले मात्र युनाइटेडभन्दा धेरै उपाधि जितेको बताउँदै आफ्नो टिमप्रति विश्वास देखाएका हुन् ।

टेन हाग सन् २०२२ मा डच टिम आयाक्सबाट युनाइटेडको जिम्मेवारीमा आएका थिए । त्यसयता उनको प्रशिक्षणमा युनाइटेडले २०२३ को काराबाओ कप र एफए कपको उपाधि जितेको थियो ।

युनाइटेडले काराबाओको फाइनलमा न्युक्यासल युनाइटेडलाई हराएको थियो । एफए कपको फाइनलमा युनाइटेडले सिटीलाई नै पराजित गरेको थियो ।

“इंग्लिस फुटबलको पछिल्लो दुई वर्षयता सिटीपछि हामीले सबैभन्दा धेरै उपाधि जितेका छौँ । यो नै सत्य र वास्तविकता हो । यो वर्ष हामी उपाधि जित्न चाहन्छौँ । टिमले यो कुरा पूरा गर्नेमा म विश्वस्त छु,” लिभरपुलविरुद्धको खेलअघि टेन हागले भने ।

युनाइटेडले आज राति लिभरपुललाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दै छ । प्रिमियर लिगको १३औँ स्थानमा रहेको युनाइटेडले दुई खेल खेल्दा तीन अंक जोडेको छ । युनाइटेड शीर्ष स्थानको सिटीभन्दा ६ अंकले पछाडि छ । दुई खेलबाट ६ अंकको लिभरपुल चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro