site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाजियो र मिलानले अंक बाँडे

काठमाडौं । इटालियन सिरी ‘ए’ मा लाजियो र एसी मिलानले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार स्टाडियो ओलिम्पिकोमा भएको खेलमा घरेलु टिम लाजियोबाट भालेन्टिन क्यास्टेलानोस र बोउलाये डियाले गोल गरे । मिलानका स्ट्राहिन्जा पाब्लोभिच र रफाइल लियोले गोल गरेका थिए ।

खेलको आठौँ मिनेटमा पाब्लोभिचले गोल गरेपछि मिलानले पहिलो हाफसम्मै १–० को अग्रता बनाएको थियो । तर, ६२औँ मिनेटमा क्यास्टेलानोसले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि नै डियाले गोल गरेपछि लाजियोले २–१ को अग्रता बनाएको थियो ।

तर, ७२ औँ मिनेटमा लियोले गोल गर्दै मिलानलाई पुनः खेलमा फर्काएपछि दुवै टिमले समान एक अंक बाँडेका हुन् ।

जारी सिजनमा लाजियोले खेलेको यो पहिलो बराबरी हो । तालिकाको आठौँ स्थानमा आसिन लाजियोले तीन खेलबाट चार अंक जोडेको छ ।

यता, मिलान भने तीन खेलबाट दुई अंकसहित १४औँ स्थानमा छ ।

शनिबार नै भएको अर्को खेलमा नापोलीले प्रामाविरुद्ध २–१ को जित निकालेको छ । डियागो म्याराडोना रंगशालामा भएको खेलमा नापोलीलाई जित दिलाउन रोमेलु लुकाकु र एन्ड्रे फ्रान्क जाम्बो अन्गुइसाले गोल गरे । प्रामाका एन्गे योन बोनीले गोल गरेका थिए ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको नापोली तालिकाको चौथो स्थानमा छ । समान खेलबाट चार अंक जोडेको प्रामा तालिकाको नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro