site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना
तस्बिर : पीटीआई ।

केदारनाथ । मर्मतकार्यका निम्ति लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो ।

हेलिकोप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए । “हेलिकोप्टरमा कोही यात्रु वा सामान थिएन,” चौबेले भने, “घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको छ । टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ ।”

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ)को टोली दुर्घटनास्थलमा पुगी उद्धारकार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

दुर्घटनाको वास्तविक कारण अझै पत्ता नलागेको र अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro