काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग आयोजना गर्न करिब सात करोड डलर विनियोजन गरेको छ ।
एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय महिला लिग र यसको छनोट प्रतियोगिता आयोजनाका निम्ति ६ लाख ९८ हजार १८१ डलर विनियोजन गर्ने निर्णय गरेको हो ।
एन्फाले महिला लिग भदौ १६ गतेदेखि सुरु गर्ने मिति सार्वजनिक गरेको छ । यसअघि एन्फाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा महिला लिगको छनोट आयोजना गरेको थियो ।
यसपटक महिला लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन विभागीय नेपाल पुलिस, एपीएफ र आर्मीसँगै, कोसी प्रदेश, वाग्मती नगरपालिका, चन्द्रपुर नगरपालिका, संकटा क्लब, वालिङ नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश छन् ।