site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’को फर्स्ट लुकमा के छ, के छैन ?
SkywellSkywell

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । 

पोस्टरमा चलचित्रका मुख्य पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । यसले उनको अनुहारको खुसी प्रष्टै देखिएको छ । 

Dabur Nepal
NIC Asia

त्यसको ठिक तल प्रकाश सपूत छन् । उनी सरकारी स्कुलको ड्रेसमा छन् । हातमा मार्कसिट बोकेर उफ्रिदै घरतिर कुदिरहेका उनको गलामा माला छ । यसले उनी स्कुलको कुनै कक्षामा प्रथम भएको संकेत गरिरहेको बुझ्न सकिन्छ । 

प्रकाश र विजयको खुसीले उनीहरू एकै घरका सदस्य हुन् भनेर अनुमान लगाउन सकिन्छ । प्रकाशको पछाडि सानो बालकलाई काँधमा बोकेर स्कुल जाँदै गरेको तस्बिरले सिनेमामा प्रकाशको बुवाको भूमिकामा विजय हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । गेटअपले पनि यो संकेत गर्छ ।  तर, यसबारे निर्माणपक्षले केही जानकारी दिएको छैन । 

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । 

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् । 

यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu