site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
Tiktok banner adTiktok banner ad

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी  महिलालाई बिहीबार साँझ ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार नाम नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् । बिहीबार अपराह्न घरबाट हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुसीको शव फेला पारेको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro