खेल
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरूलाई प्रोत्साहन भत्तास्वरूप जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको क्यान कार्यसमिति बैठकले विश्वकपमा 'उत्कृष्ट प्रर्दशन' गरेकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
खेलाडी र मुख्य प्रशिक्षकले जनही तीन लाख रुपैयाँ पाउने छन् । अरू सपोर्ट स्टाफले जनही एक लाख ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ २०:१३
प्रतिक्रिया दिनुहोस्