site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद कार्कीको प्रश्न– भ्रष्टाचार गर्ने बेला मिलेर गर्ने अहिले एक अर्कालाई दोषारोपण गर्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद् बैठकमा नेताहरूले एक अर्कालाई दोषारोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले संसद्‌मा ठूला दलका नेताहरू एक अर्काप्रति अनावश्यक आरोप–प्रत्यारोपमा उत्रिएको बताइन् ।

उनले नेताहरू झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको पनि बताइन् । "अहिलेसम्म ठूला दलहरू मिलेर नै यो देशलाई यतिसम्म पुर्‍याउनुभएको छ । बिगार्नुभयो कि सुधार्नुभयो ? तपाईंहरूले आफ्नो छातिमाथि हात राखेर भन्नुस् । के गर्नुभयो तपाईंहरूले अहिलेसम्म ?," उनले भनिन् ।

उनले भ्रष्टाचार गर्ने बेला मिलेर गर्ने तर अहिले एक अर्कालाई दोषारोपण गरिरहेको बताइन् । उनले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूको नाराबाजी गलत भएको पनि बताइन् ।

"भ्रष्टाचारका मुद्दाहरू यसरी किन लागिरहेका छन् ? भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एउटाले अर्कोलाई दोषारोपण गर्ने ? यस्ता कुराहरूबाट भुलभुलैयामा नलाग्नुस् । तपाईंहरू धेरैचोटी संसद्‌मा आउनुभएको छ । तपाईंहरूलाई कर्तव्यबोध हुनुपर्छ । अब आइन्दा यस्ता खालका कुरा नगर्नुस्," सांसद कार्कीले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro