site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यो उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित : बंगलादेशी प्रशिक्षक

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् ।

सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको थप समयमा फ्रिकिकमार्फत गोल बेहोरेको थियो । त्यो गोलसँगै नेपाल खेलमा १–० ले पछि परेको थियो । हारपछि नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले अनावश्यक फाउलका कारण गोल व्यहोरेपछि नै खेलको नतिजा फेरिएको उल्लेख गरे । त्यो गोलपछि आफ्ना खेलाडी दबाबमा परेको बताए ।

सबै खेलाडीलाई गोल गर्न मात्र ध्यान नभएको र आफ्नो जिम्मेवारी अनुरूप खेलाडीले काम गर्न नसक्दा खेल गुमाउनु परेको धारणा राखे ।

उनले पहिलो हाफमा प्राप्त अवसर पनि सिर्जना हुन नसक्दा खेलमा दबाब भएको बताएका छन् । नेपाली टोलीका कप्तान कुशल देउवाले आफ्नो खेलाडीले बेस्ट दिने प्रयास गरे पनि योजनाअनुरुप खेल्न चुकेको बताए ।

बंगलादेशका प्रशिक्षक मरुफुल हकले यो ट्रफी विद्यार्थी आन्दोलनमा ज्यान गुमाएकालाई समर्पित गरेका छन् । उनले नेपाली खेलाडी दबाबमा पर्दा लगातार गल्ती गरेको र त्यसका फाइदा आफ्ना खेलाडीले लिएका पनि धारणा राखे । काउन्टर प्रयासमा गोल गर्ने रणनीति पनि सफल भएको उनको भनाइ छ । बंगलादेशका प्रशिक्षकले पनि पहिलो गोल नै टर्निङ प्वोइन्ट रहेको उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro