देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी क्षेत्रमा बिहान हिँडडुल (मर्निङ वाक) गर्न पाउनेगरी खुला गर्ने तयारी गरेको छ । रंगरोगन र मर्मतपछि रानीपोखरी मर्निङ वाकका लागि खुला गरिने महानगरले बताएको छ ।
पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, “रंगरोगन गर्ने, मर्मत गर्नुपर्ने ठाउँमा बनाउनेछौँ । त्यसपछि बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेका छौँ ।”
महानगरले रानीपोखरीमा नाइट लाइट राखेर झिलिमिलि बनाउने बताएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १७:३०
प्रतिक्रिया दिनुहोस्