site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलको फ्रेन्चाइज लिन १६ निवेदन  

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)का ६ टिमको फ्रेन्चाइजी स्वामित्व लिन १६ निवेदन परेको छ ।

क्यानले साउन १८ गते १५ दिनको म्यादसहित एनएसएलका निम्ति ६ टिमको फ्रेन्चाइज लिन आवदेन खुलाएको थियो । क्यानको उक्त आवेदनको १८ फर्म बिक्री भए पनि १६ वटा निवेदन क्यानमा आएको प्रवक्ता छुम्बी लामाले बाह्रखरीलाई बताए ।

Dabur Nepal
NIC Asia

“एनपीएलका टिमको फ्रेन्चाइजी स्वामित्व लिन क्यानले खुलाएको आवेदनपछि १८ वटा फर्म बिक्री भएको थियो । जसमा १६ वटा निवेदन क्यानमा आएको छ । लिगको फ्रेन्चाइजीका लागि आएको निवदेनबारे क्यानको बोर्ड बैठकले निर्णय गर्ने छ । बोर्ड बैठक चाँडै नै बस्ने छ,” प्रवक्ता लामाले भने ।

क्यानले फ्रेन्चाइजी टिमको फारम मूल्य एक लाख रुपैयाँ राखेको थियो । साउन ३२ गतेसम्मको म्यादसहित खुलेको आवेदनमा क्यानले फ्रेन्चाइजी किन्न बिडिङ कम्पनी नेपालको कम्पनी रजिस्टारमा दर्ता भएको हुनुपर्ने कानुनी प्रावधान राखेको थियो । 

विदेशी कम्पनीको हकमा फ्रेन्चाइजीको स्वामित्व लिन चाहेमा सो कम्पनी नेपालका स्थानीय कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’ हुनुपर्ने क्यानले जनाएको छ । क्यानले फ्रेन्चाइजीका लागि बिडिङ गर्ने कम्पनी कुनै अपराधिक गतिविधि, आर्थिक धोखाधडी र अन्य गैरकानुनी कार्यमा दोषी ठहर भएको वा संलग्न देखिएको हुन नहुने पनि जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro