site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पहिलोपटक व्यावसायिक खाता र व्यक्तिगत खाताका लागि एउटै एप

काठमाडौं । हालै गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवा यसवर्ष आफ्ना मर्चेन्टहरुका लागि विशेष सेवा लिएर आएको छ । जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।

अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् । व्यवसायीहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टाछुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो । इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलोपटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको हो । 

Dabur Nepal
NIC Asia

यसबाट प्रयोगकर्ता र मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन् । भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्यूआरमार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् ।

त्यसका साथै मर्चेन्ट खातामा लिंक गरिएको सेटलमेन्ट बैंक खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ । यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिनेछ । यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro