site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘फाइनलका निम्ति तयार छौँ’ 

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्तका लागि नेपाल तयार रहेको कप्तान कुशल देउवाले बताएका छन् । नेपाली टिमले बुधबार प्रतियोगिताको फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ । 

फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान कुशलले बंगलादेशले समूह चरणमा हराइसकेको भएकाले नेपाली टिम उत्साहित रहेको बताए । “हाम्रो तयारी एकदम राम्रो भइरहेको छ । पछिल्लो दुई सेसनमा हामीले हाम्रो योजनालाई राम्रो गरिरहेका छौँ । हामी फाइनलमा लागि तयार छौँ । बंगलादेशसँग समूह चरणमा राम्रो प्रदर्शन गरेका थियौँ,” कप्तान कुशलले भने । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताको समूह चरणमा नेपालले बंगलादेशविरुद्ध २–१ को जित निकालेको थियो । समूह ‘ए’ दुवै खेलमा जितसहित विजेता बन्दै सेमिफाइनल आएको नेपालले अन्तिम–४ मा भुटानको चुनौती पन्छाएको थियो । 

यता, समूह ‘ए’ कै उपविजेता बंगलादेशले भने सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा निराश बनाएको थियो । नेपाली टिमका प्रशिक्षक उर्जन श्रेष्ठ प्रतियोगिताको फाइनल पनि सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुँदा नेपाली टिमलाई सहज हुने बताउँछन् ।

“हामीले प्रतियोगिताको सबै तयारी यही मैदानमा गरेको भएर यहाँ खेल्न सहज हुन्छ जस्तो लाग्छ । रंगशालामा धेरै खेलाडीहरूले खेलेका छैनन् । त्यहाँ आउने समर्थकअघि खेल्न पनि उनीहरूलाई गाह्रो हुन्थ्यो । टिमका धेरै खेलाडीहरूलाई बाक्लो दर्शकअघि खेलेको अनुभव छैन,” प्रशिक्षक श्रेष्ठले भने । 

प्रतियोगिता सुरु हुनुअघि सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका थियो । तर, प्रतियोगिताका लागि दशरथ रंगशालाको स्थिति खेल्न योग्य नरहेपछि सबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा सारिएको हो । प्रतियोगिताको यस संस्करणमा नेपाल र बंगलादेशसँगै भारत, श्रीलंका, माल्दिभ्स र भुटान गरी ६ टिमको सहभागिता थियो । दक्षिण एसियाकै अर्को राष्ट्र पाकिस्तानले अन्तिम समयमा सहभागी हुन नसक्ने जनाएपछि ६ टिमले प्रतिस्पर्धा गरेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro