site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ : प्रचण्ड

कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी संगठन निर्माण र विचारको विकास भएको बताएका छन् ।

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको सोमबार समापनमा उनले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

“हामी सरकारको जोडघटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो,” उनले भने ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको उल्लेख गरे । राष्ट्रिय स्वाधीनता र हालका उपलब्धिको रक्षा अरू पार्टीबाट सम्भव नरहेको उनले जिकिर गरे ।

उनले भने, “परिवर्तनका उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनः संघर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनुपर्दछ ।”

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको उनले बताए । उनले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका निम्ति तयारी गर्नुपर्नेमा जोड दिए ।

“अहिले समाजवादी क्रान्तिका लागि वस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो,” उनले भने ।

उक्त बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायत नेताले आ–आफ्नो धारणा राखेका थिए । रासस

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro