site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वुल्भ्सको पोस्टमा चेल्सीको आधा दर्जन गोल

काठमाडौं । नोनी मडुइकेको ह्याट्रिकप्रेरित चेल्सीले इंग्लिस प्रिमियर लिगमा वुल्भ्सविरुद्ध ६–२ को रवाफिलो जित निकालेको छ ।

आइतबार मोलिनेक्स रंगशालामा पाहुना टिमलाई जित दिलाउन मडुइकेले ह्याट्रिक गरे । यस्तै, कोल पाल्मेर, निकोलस ज्याक्सन र जाओ फेलिक्सले समान एक गोल थपे । घरेलु टिमका म्याथ्युस कुन्हा र जोर्गन स्ट्रान्ड लार्सेनले एक गोल फर्काए ।

Dabur Nepal
NIC Asia

३१ हजार २३५ दर्शकमाझ घरेलु टिमविरुद्ध चेल्सीले दोस्रो मिनेटमै अग्रता बनाएको थियो । ज्याक्सनले गोलमा चेल्सीले अग्रता लिएको हो । २७औँ मिनेटमा कुन्हाले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए । तर, ४५औँ मिनेटमा पाल्मेरले गोल गरेपछि चेल्सीले पुनः २–१ को अग्रता बनायो । पहिलो हाफकै इन्जुरी समयमा लार्सेनले गोल फर्काउँदै वुल्भ्सलाई पुनः बराबरीमा ल्याए ।

दोस्रो हाफको चौथो मिनेटमा मेडुइकेले गोल गर्दै चेल्सीलाई ३–२ को अग्रतामा राखे । ५८औँ मिनेटमा मेडुइकेकै गोलमा चेल्सीले अग्रतालाई ४–२ मा पुर्‍यायो । ६३औँ मिनेटमा मेडुइकेले ह्याट्रिक गर्दा चेल्सीको अग्रता ५–२ को थियो । यस्तै, ८०औँ मिनेटमा यसै सिजन चेल्सीमा पुनरागमन गरेका फेलिक्सले गोल गरेपछि चेल्सीले जारी सिजनको दोस्रो खेलमा प्रभावशाली जित निकालेको हो ।

लिगमा पहिलो जित निकालेको चेल्सी तीन अंकसहित तालिकाको १५औँ स्थानमा छ । चेल्सी यसअघि पहिलो खेलमा साविक विजेतासमेत रहेको म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो ।

नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको वुल्भ्स तालिकाको १९औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro