site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशी क्रिकेट अलराउन्डर साकिबविरुद्ध हत्या आरोपमा उजुरी

काठमाडौं । बंगलादेशी क्रिकेट टिमका अलराउन्डर साकिब अल हसनविरुद्ध हत्याको आरोपमा उजुरी दर्ता भएको छ । साकिबमाथि मृतक रुबेलका बुवा रफिकल इस्लामले हत्या आरोपसहित उजुरी दर्ता गरेका हुन् ।

रुबेलले ढाकास्थित अडाबोर प्रहरी चौकीमा उजुरी दर्ता गराएको बंगलादेशी सञ्चार संस्था ढाका ट्रिब्युनले जनाएको छ ।

ढाका ट्रिब्युनका अनुसार साकिब यस मुद्दाका २८औँ आरोपी हुन् । यस उजुरीका अन्य आरोपीमा बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनासँगै १५४ जना अन्य व्यक्ति पनि छन् ।

उजुरीअनुसार अगस्ट ५ मा भएको आन्दोलनमा रुबेल पनि सहभागी थिए । अडाबोर रिङ रोडमा भएको उक्त र्‍यालीमा एक व्यक्तिले पूर्वयोजनाअनुसार बन्दुक प्रहार गरेको र उक्त भिडमा रहेका रुबेलको छातीमा गोली लागि ढलेको उल्लेख छ । 

घटनामा घाइते भएका रुबेललाई अस्पताल पुर्याइए पनि अगस्ट ७ मा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro