site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झाँको झार्ने ओली शैली बदलिएकै हो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रश्न गर्ने सांसदकै ‘झाँको झार्ने’ विगत पहिचान बदल्दै संयमित जवाफ दिने शैलीमा देखिएका छन्, प्रधानमन्त्री केपी शर्मा ओली । 

उनी नेपाली कांग्रेससँग गठबन्धन सरकार बनाएपछि दोस्रोपटक प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तरमा जवाफ दिन बिहीबार रोस्टममा उभिएका थिए । चौथो कार्यकाल प्रधानमन्त्री बनेपछि उनी साउन ६ गते पहिलोपटक प्रश्नोत्तरमा सहभागी भएका थिए ।

सभामुख देवराज घिमिरेका अनुसार, ओलीसँग प्रश्नोत्तरमा १३ सांसदले प्रश्न सोध्ने कार्यक्रम राखिएको थियो । प्रश्न सोध्ने सूचीमा सुरुमा नाम भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुबबहादुर प्रधान सहभागी भएनन् । बाँकी १२ सांसदले लिखित प्रश्न सोधे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीले लिखित र आवश्यकताअनुसार मौखिक जवाफ दिए । ओलीले प्रश्नको जवाफ दिइसकेपछि प्रश्नोत्तरको समय लामो भएकोमा असन्तुष्टि पनि व्यक्त गरे ।

Parlianenrt-1724335661.jpgप्रतिनिधिसभा नियमावलीमै प्रश्नोत्तरको समय एक घण्टा तोकिएको छ । आजको प्रश्नोत्तर दुई घण्टाभन्दा लामो भयो । प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ सकेपछि प्रश्नोत्तर लामो भएकामा ओली स्वयंले असन्तुष्टि व्यक्त गरे । त्यसका अतिरिक्त उनले प्रश्न, प्रश्नजस्तो नभएको पनि टिप्पणी गरे ।

Royal Enfield Island Ad

“मेरो आग्रह छ, यति लामो प्रश्नोत्तर चलाउनुहुँदैन, संसद्‌मा । प्रश्न यति लामो पनि हुनुहुँदैन । प्रश्न भनेको एक मिनेटभित्र गर्ने हो । तीन मिनेटमा जवाफ दिन सक्ने हुनुपर्छ । १३ वटा प्रश्नलाई साढे दुई घण्टाजति लाग्यो । प्रश्न, प्रश्न नै गरौँ । जवाफ, जवाफकै रूपमा दिन पाइयोस्,” उनले भने ।

उनी अघिल्लो कार्यकालमा प्रधानमन्त्री हुँदा सदनमा लामो मन्तव्य दिने गरेका थिए । उनको जवाफमा कटाक्ष, आवेग पनि समावेश हुन्थ्यो । तर, चौथो कार्यकालमा उनले त्यो रूप देखाएका छैनन् । सार्वजनिक कार्यक्रममा पनि उनले खासै कटाक्ष गरेको देखिँदैन । उनका निकटस्थहरू यसपटक प्रधानमन्त्रीले संयमित हुन खोजेको बताउँछन् ।

Narayan-Khadka-1724335666.jpgनारायण खड्काको प्रश्न खुट्याउनै सकस 

राप्रपा सांसद ध्रुवबहादुर प्रधान उपस्थित नभएपछि आजको बैठकमा पहिलो प्रश्न नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधे । उनले प्रधानमन्त्री ओलीलाई बधाई दिँदै जवाफ मिश्रित प्रश्न सोधे । सभामुख घिमिरेका अनुसार, उनले ९ मिनेट ३० सेकेन्डको प्रश्न सोधे । उनले नै लामो समय खर्चिएपछि सभामुखले पनि छोटो प्रश्न गर्नुपर्ने बताए ।

खड्काको प्रश्नको जवाफ दिने क्रममा ओलीले उनको प्रश्न खुट्याउनै गाह्रो परेको भन्दै कटाक्ष गरे । “माननीय सदस्यले प्रश्न कहाँनेर गर्नुहुन्छ भनेर ध्यानपूर्वक सुनिरहेको थिएँ । खासमा प्रश्न फेला पार्नै मुस्किल पर्‍यो,” प्रधानमन्त्री ओलीले भने, “यो प्रश्नभन्दा पनि सुझावपत्र जस्तो छ, यसमा प्रश्नमा भन्दा पनि सोलुसन (समाधान) आफैँमा आएको छ ।”

भ्रष्टाचारको विषय कार्यसम्पादन सम्झौतामा पनि राखिने

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न मन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा उल्लेख गरिने जानकारी दिएका छन् । खड्का प्रश्नको जवाफ दिने क्रममा ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न लिएको शून्य सहनशीलताको नीति देखावटी नभएको दाबी गरे । 

“सरकारले कुनै ‘एस्क्युज’ खोज्दैन, काम गर्छ । भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धतामात्रै र बनावटी, देखावटी होइन,” ओलीले भने । 

भ्रष्टाचार नियन्त्रणमा कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्ने ओलीको भनाइ छ । “अब माननीय मन्त्रीज्यूहरूसँग गरिने कार्यसम्झौतामा समेत यस विषयलाई स्पष्टरूपमा समावेश गर्ने तयारी गरिएको छ,” प्रधानमन्त्रीले भने, “भ्रष्टाचार नियन्त्रण कार्यमा कठोररूपमा सम्पूर्ण नियमनकारी निकायहरूसँग समन्वय र सहजीकरण गरिने छ ।”

'संविधान संशोधन साझा सवाल, आँट देखाउन जरुरी छैन'

बैठकमा सांसद नारायणी शर्माले संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्ने आँट गठबन्धन सरकारको छ ? भनेर सोधेकी थिइन् । उनको प्रश्नको जवाफमा प्रधानमन्त्रीले देश, जनता, सुशासनको पक्षमा अघि बढाउन आवश्यक पर्ने कुरा गरिने बताए । 

संविधान संशोधन गर्ने विषयमा आँट देखाएर उल्किन जरुरी नरहेको भनाइ ओलीको छ । “हामी कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन, यो । आँट गर्न परे सबैले गरौँला, नपरे कसैले नगरौँला । यो साझा सवाल हो,” ओलीले भने ।

Rabi-Lamichhane-1724335661.jpgविद्यार्थीमाथि प्रतिप्रश्न 

प्रधानमन्त्री ओलीले विद्यालय, विश्वविद्यालयमा आफैँ ताला लगाएर शान्ति भएन भन्ने भनी प्रतिप्रश्न गरे । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालका असुरक्षित भएको भन्दै सामाजिक सञ्जालमा स्ट्टाटस लेखेपछि उक्त विषयले तरंग पैदा गरेको छ । त्रिविका पदाधिकारीमाथि हमला गर्न खोजेको र धम्की दिएको भन्दै मन्त्रीले सुरक्षाको माग गरेकी थिइन् ।

त्यही विषयप्रति इङ्गित गर्दै प्रधानमन्त्रीले आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने भनी प्रश्न सोधे । “ताला अरूले लगाउन आउने त होइन, आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने ? विद्यालय, विश्वविद्यालय, महाविद्यालय शान्ति क्षेत्र हुनुपर्ने,” ओलीले भने, “ती ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरि शान्ति भएन भन्ने ? त्यस्ता तरिका हरेकले छाड्नुपर्छ ।”

उनले व्यवस्थापन, शिक्षक, अभिभावकलगायत हरेक पक्ष जिम्मेवार हुनुपर्ने बताए ।  शिक्षामा भएको समस्या समाधानका लागि जिम्मेवार भएर लाग्नुपर्ने ओलीको भनाइ छ । 

प्रधानमन्त्रीको प्रस्टीकरण– सरकार र प्राधिकरणबीच मतभेद छैन 

प्रश्नोत्तरका क्रममा ओलीले सरकार र विद्युत् प्राधिकरणबीच मतभेद नरहेको दाबी गरे । “सरकार र विद्युत् प्राधिकरणबीच कुनै मतभेद छैन । तर, सरकारले प्राधिकरणलाई निर्देशन गर्नै हुन्न भन्ने छैन,” ओलीले भने, “सोधीखोजी पनि गर्न पाइँदैन ? सरकारले सोधिखोजी गर्छ ।”

उनले डेडिकेटेड र ट्रंकलाइनको महसुल मिनाहा गर्न लागेको भन्ने प्रचार झुटो भएको पनि बताए । “बक्यौता उठाउँछौँ, तर उद्योग चलाएर,” ओलीले भने । 

'झापामा भ्यू टावर बनाएको होइन'

प्रधानमन्त्री ओलीले झापाको दमकमा भ्यूटावर नबनाएको दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेत निशा डाँगीको प्रश्नको जवाफ दिँदै ओलीले बिजनेस कम्प्लेक्स बनाइएको बताए । झापामा टावर बनाएको विषयले निकै चर्चा पाएको थियो ।

Nisha-Dangi-1724335664.jpg
“दमकमा एउटा बिजनेस कम्प्लेक्स बनेको छ । त्यसको उचाइ करिब ७२ मिटर होला । अग्लो भएकाले त्यसलाई टावर भने । माथिबाट हेर्दा टाढासम्म देखिने रहेछ भनेर भ्युटावर भने,” उनले भने, “त्यो बिजनेस कम्प्लेक्स हो । पाँच बिगाहा जमिनमा त्यो टावर बनेको छ । त्यसमा चारवटा कि ६ वटा लिफ्ट छन् ।”

यसका हरेक तलामा विभिन्न किसिमका बिजनेस चल्न सक्ने प्रधानमन्त्री ओलीले बताए । उनले थाइल्यान्ड र मलेसियामा टावर बनाउँदा सरकारले गाली खाएको उनले सम्झिए । हालका लागि यसलाई ‘झापा ट्रेड टावर’ भनेर बुझ्न सकिने पनि उनको भनाइ छ । उनले यसको कुल लागत एक अर्ब ७९ करोड ४८ लाख भएको जानकारी पनि गराए । 

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro