site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने विद्यार्थी र अभिभावकलाई दियो यस्तो सुझाव 

काठमाडौं । क्यानडास्थित नेपाली दूतावासले पर्याप्त जानकारी र तयारी गरेर मात्रै अध्ययनका लागि क्यानडा आउन विद्यार्थी तथा अभिभाकलाई सुझाव दिएको छ । लहड र अरुको उक्साहटमा आउने विद्यार्थीले समस्या भोगिरहेको दूतावासले जनाएको छ । 

आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त जानकारी लिएर मात्रै प्रक्रिया अगाडि बढाउन दूतावासले सुझाव दिएको छ ।  

अतिरञ्जित प्रचार भर परेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई ध्यान दिन पनि दूतावासले आग्रह गरेको छ । 

“रोजगारीका सम्भावनाबारे पर्याप्त मात्रामा जानकारी लिएर तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ,” दूतावासले भनेको छ, “अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ ।” 

1-1723861249.jpg
 

2-1723861218.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro