site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई थान सिक्रीसहित दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैध सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ घर भएका २२ वर्षीय नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

एयर अरेबियाको उडानमार्फत बहराइनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले संकलन गरेर लैजान लागेको अवस्थामा सुनसहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro