site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वी नेपालमा वर्षा, दूधकोसी र अरुणमा बाढीको सम्भावना

काठमाडौं । पूर्वी नेपालका विभिन्न स्थानमा गएराति वर्षा भएको छ । खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गाको ओखलढुङ्गा, मानेभन्ज्याङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने दूधकोसी नदी र यसका सहायक नदीहरूमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Dabur Nepal
NIC Asia

सङ्खुुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदीहरूमा तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ । 

त्यसैले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro