site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुनजन्य विपद् : जेठ २८ यता १७३ जनाको मृत्यु, २२३ घाइते
बागलुङ पहिरोको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी सोमबार (हिजो) दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ । विपद्मा परी देशभर ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको जेठ २८ गतेयता बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २६ जनाको मृत्यु भएको छ । मधेसमा सात, वाग्मतीमा ३१, गण्डकीमा ५४, लुम्बिनीमा ३३, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा ११ गरी १७३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३७ जना घाइते भए । मधेसमा ११, वाग्मतीमा २३, गण्डकीमा ४६, लुम्बिनीमा १३, कर्णालीमा ५४ र सुदूरपश्चिम प्रदेशमा २८ गरी २२३ जना घाइते भएका तथ्यांक छ ।

बाढीपहिरोमा परी कोसीमा दुई, वाग्मतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् ।

काठमाडौं उपत्यकामा २८, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा तीन, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ११३ जनाको उद्धार गरिएको छ ।

यो अवधिमा विपद्का घटनाबाट चार हजार ३२२ घरपरिवार विस्थापित भएका प्रहरीले जानकारी गराएको छ । जेठ २८ मा मनसुन नेपाल भित्रिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro