site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आकर्षक तलब र ग्रिनकार्डको लोभमा परेपछि...
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रिनकार्ड पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छन् । 

लामो समयको यातनापछि उनी भागेर नेपालीहरूकै सहयोगमा घर फिर्ता हुन सफल त भइन्, तर यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छन् ।

नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा आज एक जनालाई पक्राउगरी अनुसन्धान थालिएको ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनका अनुसार उक्त घटनाका अभियुक्त झापाका ५४ वर्षीय वृद्धिराज न्यौपानेलाई आज काठमाडौं महानगरपालिका–७ गौरीघाटबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा आजै पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान थालिएको छ ।

अभियुक्त न्यौपानेले आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई मौरिससमा मासिक ७० हजार कमाइ हुने र ग्रिनकार्डसमेत पाइने प्रलोभनमा विश्वास दिलाएर मौरिसस पुर्‍याएका थिए । उनले त्यहाँ पुग्नका लागि भन्दै पीडितबाट दुई लाख ५० हजार लिएको अनुसन्धानमा खुलेको ब्युरोले जानकारी दिएको छ । 

Royal Enfield Island Ad

सुरुमा उनले गत माघमा मौरिसस पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मौरिसस लेखिएको क्याप टोपी लगाउन लगाएर फोटो खिचे । पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्बिर पठाए । त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याएको खुल्न आएको छ ।

त्यही टोपीका आधारमा पहिचान गरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई रिसिभ गरी मौरिसियन नागरिकलाई जिम्मा लगाएको पनि अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए ।  

मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरूप खरिद गरी ल्याएको भनी दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छन् ।

पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भनेबमोजिम गर्न भनी डर, धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् । 

त्यसपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तको खोजी थालेकामा आज न्यौपाने पक्राउ परेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro