site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३२ घण्टामा राष्ट्रपतिदेखि मन्त्रीसम्म भेटेर फर्किए मिश्री 
फाइल तस्बिर ।

काठमाडौं । नेपालको दुईदिने भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव विक्रम मिश्री सोमबार साँझ स्वदेश फर्किएका छन् । विदेश सचिव मिश्री आइतबार बिहान नेपाल आएका थिए । 

३२ घण्टा नेपाल बसाइँका क्रममा उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चार बहालवाला मन्त्री र परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरी फर्किएका छन् । 

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

भारतीय विदेश सचिव मिश्रीले सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

सोमबार नै उनले आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए । 

परराष्ट्र सचिव लम्सालले उनको सम्मानमा आइतबार साँझ आयोजना गरेको रात्रिभोजमा विदेश सचिव मिश्रीले मधेसकेन्द्रित दलका नेताहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro