site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सकियो ओलम्पिक : अमेरिकालाई सबैभन्दा बढी पदक, दोस्रोमा चीन

पेरिस । फ्रान्सको राजधानी पेरिसमा गएको जुलाई २६ देखि सुरु खेलको महाकुम्भ मानिने ओलम्पिक २०२४ आइतबार सकिएको छ । ओलम्पिक समापन समारोह रातको १२ः३० बजे पेरिसको स्टेडियममा आयोजना गरिएको थियो ।

उक्त समारोहमा अमेरिकी आर्टिस्ट बिली इलिश, स्नूप डग र रेड हट चिली पेपर्सले पर्फम गरेका थिए । समारोहमा हलिउड अभिनेता टम क्रुज सामेल थिए ।

Dabur Nepal
NIC Asia

समारोहका क्रममा सबै विजेता खेलाडीलाई सम्मान गरिएको थियो । साथै, ओलम्पिकको झन्डा लस एन्जेलसलाई सुम्पिइएको थियो । लस एन्जेलसमा सन् २०२८ को गृष्मकालीन ओलम्पिक आयोजना गरिनेछ ।

पदकको दौडमा अमेरिका अगाडि
पेरिस ओलम्पिकमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल १२६ पदकका साथ शीर्ष स्थानमा रह्यो । तालिकाको दोस्रो स्थानको चीनले ४० स्वर्ण, २७ रजत र २४ कांस्यपदक जित्यो । २० स्वर्ण, १२ रजत र १३ कांस्यपदकसहित जापान तेस्रो भयो ।

यसपालिको ओलम्पिकमा करिब ११४ देशलाई कुनै पनि मेडल प्राप्त हुन सकेन । बीबीसी हिन्दीबाट ।

dfdsmg-1723434038.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro