site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प क्याम्पेनको आन्तरिक सञ्चार ह्याक, इरानको हात भएको दाबी

वाशिङटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार अभियानले उक्त अभियानको आन्तरिक सञ्चार ह्याक भएको बताएको छ । यसमा इरानको हात भएको अभियानको दाबी छ । 

अमेरिकी न्यूज वेवसाइट पोलिटिकोले शनिबार आफ्नो रिपोर्टमा जनाएअनुसार एउटा यस्तो इमेल फेला परेको छ जसमा ट्रम्पको उपराष्ट्रपति पदका उमेदवार जेडी भान्समाथि गरिएको आन्तरिक अनुसन्धानसहित अभियानसम्बन्धी कागजातहरू समावेश छ । 

Argakhachi Cement Island Ad

प्रचार अभियानका एक प्रवक्ताले बीबीसीलाई बताए, “२०२४को चुनावमा दखल दिने मनसायले यो दस्तावेज अमेरिकाको विरोध गर्न विदेशी स्रोतबाट गैह्रकानुनी तरिकाबाट हासिल गरिएको हो ।” 
 
समाचारअनुसार उसले दस्तावेजको सत्यताको पुष्टि गरेको थियो । बीबीसीले यो दावीको स्वतन्त्र रुपमा पुष्टि गर्न सकेको छैन ।

यद्यपि, ट्रम्पको अभियानले यसबारेमा कुनै जानकारी दिएको छैन । इरानी ह्याकर वा इरानी सरकारको यो लिक सम्बन्धित हुने कुनै प्रमाण दिएको छैन ।

खासमा यो मामिला माइक्रोसफटको उक्त रिपोर्ट जारी भएपछि सामुन्ने आएको हो जसमा गत जुनमा एक अमेरिकी राष्ट्रपति उमेदवारको प्रचार अभियानलाई इरानी ह्याकरले निशाना बनाएका उल्लेख छ । बीबीसी

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्